दफा १३
नियन्त्रक तथा अन्य कर्मचारीको नियुक्ति
(१) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी नेपाल सरकारको कुनै अधिकृत कर्मचारी वा तोकिए बमोजिम योग्यता पुगेको कुनै व्यक्तिलाई नियन्त्रकको पदमा तोक्न वा नियुक्ति गर्न सक्नेछ ।
(२) नेपाल सरकारले यस ऐन बमोजिम नियन्त्रकले गर्नु पर्ने काममा सहयोग पु¥याउन आवश्यकता अनुसार उप–नियन्त्रक र अन्य कर्मचारीहरु खटाउन वा नियुक्ति गर्न सक्नेछ । यसरी खटाइएका वा नियुक्ति भएका कर्मचारीहरुले नियन्त्रकको निर्देशन तथा नियन्त्रणमा रही काम गर्नेछन् ।